इनम प्रकरणबारे प्रहरी भन्छः अनुसन्धानको गोपनीयतामा खेलबाड नगर

इनम प्रकरणबारे प्रहरी भन्छः अनुसन्धानको गोपनीयतामा खेलबाड नगर


काठमाडौं । इनम सापकोटा जोडिएको मुद्दाको अनुसन्धानलाई प्रभावित पार्ने गरी सञ्चार माध्यमहरूमा अप्रमाणित विषय र मोबाइल लोकेशन जस्ता संवेदनशील सामग्री आएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीले प्रचलित कानुन विपरीत कुनै पनि पक्षलाई यस्ता विवरण नदिएको स्पष्ट पार्दै, आधिकारिकता पुष्टि नगरी सामग्री सम्प्रेषण गर्दा जनमानसमा भ्रम सिर्जना हुने भएकाले सचेत रहन आग्रह गरेको छ।