वेद विद्याश्रमको विकास र पहिचानका लागि सोच बदल्नुपर्छ: गगन थापा

वेद विद्याश्रमको विकास र पहिचानका लागि सोच बदल्नुपर्छ: गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वेद विद्याश्रमलाई केवल एउटा साधारण विद्यालयका रूपमा मात्रै हेर्न नहुने बताएका छन्।

वेद विद्याश्रमले हाम्रो पौराणिक शिक्षा, संस्कृति र मौलिक परम्परा जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यसको महत्व र स्वरूपलाई अझ फराकिलो दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएका छन्।