१५० निर्वाचन क्षेत्रमा देउवा पक्षको कब्जा

१५० निर्वाचन क्षेत्रमा देउवा पक्षको कब्जा


काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन लक्षित गर्दै देशका ५२ जिल्लामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ।

महाधिवेशन आयोजक समिति सचिवालयका संयोजक दीपक कुईंकेलका अनुसार हालसम्म १५० निर्वाचन क्षेत्रमा अधिवेशन सकिएको र अब १५ क्षेत्रमा मात्र बाँकी रहेको छ।

साथै, आगामी मंसिर ५ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन गर्ने तयारी तिब्र पारिएको छ।