काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणले देशलाई लज्जित बनाएको टिप्पणी गर्नुभएको छ।
कास्कीमा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद, ईपीजी प्रतिवेदन तथा पोखरा र भैरहवा विमानस्थलका हवाई रुटजस्ता राष्ट्रिय हितका विषयमा प्रधानमन्त्रीले ठोस कुरा राख्न नसकेको आरोप लगाउनुभयो।
विगतमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूलाई व्यङ्ग्य र अर्ती दिने बालेनले भारत भ्रमणमा सरोकारका विषय उठाउन नसकेको भन्दै उहाँले प्रश्न उठाउनुभयो।
साथै विगतमा ऋणले देश डुब्यो भन्नेहरू अहिले दुई खर्बभन्दा बढी ऋण प्राप्त गर्नुलाई उपलब्धि भन्न थालेको भन्दै पोखरेलले आलोचना गर्नुभयो।

प्रतिक्रिया