काठमाडौं । नेपाली काङ्ग्रेस एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवा पक्षका प्रभावशाली नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको वैधानिकता र सिद्धान्तलाई लिएर इतर समूहका नेता गगन थापामाथि व्यंग्य गरेका छन् ।
महतले संस्थापन पक्ष नै वास्तविक काङ्ग्रेस भएको दाबी गरेका हुन् । उनले गगन थापा र उनका पछाडि लाग्ने काङ्ग्रेसको ऐतिहासिक विचार, सिद्धान्त र मूल्य(मान्यता त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तो पपुलिजम, स्टन्टबाजी र सिद्धान्तहीन बाटो पछ्याउन थालेको गम्भीर आरोप लगाएका हुन् ।
पार्टी विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशनको नाटक गर्ने र रास्वपाजस्ता नयाँ शक्तिहरूको पपुलिस्ट शैली नक्कल गरेर संगठन ध्वस्त पार्न खोजिएको भन्दै महतले आक्रोश व्यक्त गरे।

प्रतिक्रिया