पार्टी छाडेर सीधै महानगरको साँचो खोज्दै सुमना, काठमाडौँ मेयरमा उम्मेदवारी पक्का

पार्टी छाडेर सीधै महानगरको साँचो खोज्दै सुमना, काठमाडौँ मेयरमा उम्मेदवारी पक्का


काठमाडौं । रास्वपाकी पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आगामी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छिन्।

पार्टीबाट लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे उनले अहिले नै खुलाएकी नभए पनि, आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि पूर्ण रूपमा समर्पित गर्ने उनको दृढ संकल्प छ। पार्टी राजनीतिबाट समेत निष्क्रिय बन्दै आएकी श्रेष्ठको यो घोषणाले राजधानीको राजनीतिक गर्मी एक्कासी बढाएको छ ।