काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अराजकता र दमनविरुद्ध आन्दोलित हुन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ।
काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यसत्ताको प्रयोग गरेर चरम आतंक र स्वेच्छाचारी दमन मच्चाइएको आरोप लगाउनुभयो।
बिनाकारण कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको प्रति रोष प्रकट गर्दै उहाँले भन्नुभयो— “एमाले हुतिहाराको होइन, ज्युँदाहरूको पार्टी हो।” पहिले हजारको संख्यामा निस्किएको जुलुस अब लाखका दरले सडकमा आउने दाबी गर्दै उहाँले सरकारको यो निर्मम दमनको मूल्य महँगो पर्ने चेतावनी दिनुभयो।
असंवैधानिक रूपमा सत्ताबाट हटाइए पनि एमाले संवैधानिक बाटो र मूल ढोकाबाटै फेरि सत्तामा फर्किने उहाँको भनाइ थियो।

प्रतिक्रिया