काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्व विकास र हस्तान्तरणको विषय योजनाबद्ध हुन नसकेको बताउनुभएको छ।
पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै महासचिव पोखरेलले लोकतान्त्रीकरणका लागि बहुपदीय संरचनामा गए पनि त्यसअनुरूप सहज प्रणाली विकास हुन नसकेको उल्लेख गर्नुभयो।
पछिल्लो समय पुरानो र नयाँ पुस्ताबीचको विश्वास र समझदारी कमजोर बन्दा त्यसको प्रभाव पार्टी निर्माणमा परेको उहाँको भनाइ थियो।
कार्ययोजनामा कार्यकर्ताको पहिचान, प्रशिक्षण र पदोन्नतिलाई व्यवस्थित बनाउँदै पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधि–ज्ञानलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया