कहिले टुङ्गिन्छ प्रधानमन्त्री शाहको भ्रमण तालिका ?

कहिले टुङ्गिन्छ प्रधानमन्त्री शाहको भ्रमण तालिका ?


काठमाडौँ । नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विगतमा एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्यहरूको फेहरिस्त प्रस्तुत गर्नुभएको छ।

‘नेकपा (एमाले) ले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्यहरू’ शीर्षकको २८ पृष्ठ लामो उक्त दस्तावेजमा सरकारले हासिल गरेका नीतिगत तथा विकास निर्माणका उपलब्धिहरूलाई क्षेत्रगत रूपमा समेटिएको छ।

दस्तावेजमा संविधान कार्यान्वयन, संघीयता व्यवस्थापन, शान्ति सुरक्षा, सुशासन, आर्थिक वृद्धि र पूर्वाधार विकासलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ।

यसका साथै ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, पुनर्निर्माण र परराष्ट्र सम्बन्ध सुधारका क्षेत्रमा सरकारले चालेका कदमहरूलाई पनि बुँदागत रूपमा प्रस्तुत गरिएको उपाध्यक्ष पौडेलले बताउनुभयो।