विगतको क्षतिको हिसाब आगामी चुनावमा लिने हो- पद्मा अर्याल

विगतको क्षतिको हिसाब आगामी चुनावमा लिने हो- पद्मा अर्याल


काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टी पङ्क्तिलाई निष्क्रियता तोडेर आगामी दिनका कडा राजनीतिक परीक्षण र चुनौतीहरूका लागि पूर्ण रूपमा तयार रहन चेतावनी दिएकी छिन्।

काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जनतामा रहेका जिज्ञासा, प्रश्न र आलोचनाहरूलाई पन्छ्याउने छुट कसैलाई नभएको स्पष्ट पार्दै सबै प्रश्नहरूको दह्रो सामना गरेर स्पष्ट जवाफ दिनुपर्ने बताएकी हुन्।

देश निर्माण गर्ने मूल शक्ति नै एमाले भएको दाबी गर्दै सचिव अर्यालले विगतको निर्वाचनमा भएको क्षतिको बदला आगामी निर्वाचनबाट लिने गरी एकजुट भएर लाग्न कार्यकर्ताहरूलाई कडा निर्देशन दिएकी छिन्।