काठमाडौं । भुवन केसी निर्देशित तथा अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित फिल्म ‘बाटुलो जून’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ।
देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाज ले आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको छ।
क्यूएफएक्सका हलहरूबाट मात्रै २ करोड ५० लाख रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै फिल्मले प्रदर्शनको पहिलो सातामै यो सफलता हात पारेको हो। २०४० को दशकको प्रेमकथामा आधारित यस फिल्मप्रति दर्शकको क्रेज उच्च देखिएको छ।

प्रतिक्रिया