सरकारले नमागेको सुझाव आफैँ अघि सार्न उचित ठानेनौँः कांग्रेस

सरकारले नमागेको सुझाव आफैँ अघि सार्न उचित ठानेनौँः कांग्रेस


काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको सफलताको कामना गर्दै भ्रमणअघि राजनीतिक दल र विषयविज्ञहरूसँग परामर्श नगरेकोमा असन्तुष्टि जनाएको छ।

शनिबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै महत्त्वपूर्ण वैदेशिक भ्रमणअघि साझा धारणा बनाउने लोकतान्त्रिक परम्परालाई सरकारले बेवास्ता गरेको उल्लेख गरेका छन्।

साथै, भ्रमणलाई क्षणिक लोकप्रियता र प्रचारमा मात्र सीमित नराखी विगतका प्रतिबद्धता कार्यान्वयन तथा ठोस परिणाममा केन्द्रित गर्न कांग्रेसले सुझाव दिएको छ।