काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम स्वीकृत गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रो र कानुनमन्त्री सोविता गौतम तेस्रो स्थानमा छिन् । यसअघि तेस्रो स्थानमा रहेकका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा पारिएका छन् ।
नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाह पहिलो स्थानमा छन् भने त्यसपछि क्रमशः स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, बिराजभक्त श्रेष्ठ, सुधन गुरुङ र सुनिल लम्साल छन् ।
यसअघि चौथो स्थानमा रहेका बिराजभक्त श्रेष्ठ पाँचौँ छन् भने छैटौँमा सुधन गुरुङ र सुनिल लम्साल सातौँमा छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ र महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादी नवौँ स्थानमा छन् ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल दसौँ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता एघारौँ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बाह्रौँ स्थानमा छन् ।
नयाँ मर्यादाक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल तेह्रौँ, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना चौधौँ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी पन्ध्रौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सोह्रौँ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव सत्रौँ स्थानमा छन् ।

प्रतिक्रिया