सुन्धारामा मृत फेला परिन् भूमिका

सुन्धारामा मृत फेला परिन् भूमिका


काठमाडौं ।

सुन्धारामा युवती मृत अवस्थामा भेटिएकी छन् ।

काठमाडौं महानगरपालिका–११ स्थित सुन्धारा स्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।

ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् ।

सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।