प्रधानमन्त्री दाहाल र कतारका राजाबीच भेटवार्ता सुरू

प्रधानमन्त्री दाहाल र कतारका राजाबीच भेटवार्ता सुरू


काठमाडौं ।

दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।

बुधबार होटल सोल्टीमा दाहाल र थानीले पहिला वान टु वान भेटवार्ता गरेका छन् भने अहिले डेलिगेसन स्तरमा दुइपक्षीय बैठक भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकपछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगस लगायत विविध पाँच समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भएर आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार दिउँसो काठमाडौं आएका हुन् । शेख थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरे । थानी मंगलाबर राष्ट्रपति पौडेलले शितल निवासमा आयोजन गरेको रात्रिभोजमा सहभागी भएका थिए ।