रास्वपा केन्द्रीय समिति बैठक जारी

रास्वपा केन्द्रीय समिति बैठक जारी


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा विभिन्न १० वटा एजेण्डमा छलफल हुने बताइएको छ ।

स्थानीय तह उपनिर्वाचन, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति लगायत समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुने रास्वपाले जनाएको छ । यसै गरी राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम, संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, संविधान दिवसको कार्यक्रम, केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन लगायतका विषयमा छलफल हुने छ ।