आज साफ महिला च्याम्पियनसिपमा बंगलादेश र पाकिस्तान खेल्दै

आज साफ महिला च्याम्पियनसिपमा बंगलादेश र पाकिस्तान खेल्दै


काठमाडाैं – जारी साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तानबीच खेल हुदै छ । समुह ए मा रहेका पाकिस्तान र बंगलादेशवीचको यो खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा पाकिस्तानले पहिलो खेलमा भारतसँग ५(२ गोल अन्तरले हार बेहोरेको छ भने डिफेन्डिङ च्याम्पियन बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।

पाकिस्तानका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौडबाट बाहिरिने सम्भावना रहेको छ ।

यस अघि सम्पन्न ६ साफ महिला च्याम्पियनसिपमा भारतले पाँच पटक उपाधि जितेको छ भने पछिल्लो पटक बंगलादेशले यो उपाधि जितेको थियो ।