नेपाल र बांङ्लादेशबीचको खेल जारी, दर्शकले भरियो रंगशाला

नेपाल र बांङ्लादेशबीचको खेल जारी, दर्शकले भरियो रंगशाला


काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरु दशरथ रंगशाला पुगेका छन् । खेल सुरु हुनु दुई घण्टा अघिदेखि दर्शकहरु रंगशाला पुगेका थिए । साढे ६ बजे सुरु भएको खेलअघि नै दर्शकले प्याराफिट भरिइसकेको छ ।

बुधबारको खेलमा ११ हजार दर्शकले टिकट काटेका छन् । यसबाहेक अतिथि, पूर्व खेलाडी, खेल पदाधिकारीलगायत पनि जाने भएकाले रंगशालामा टिकट काटेभन्दा धेरै बढी दर्शकहरु छन् । धेरै दर्शक नेपाली टिमलाई समर्थन गर्न राष्ट्रिय झण्डासहित पुगेका छन् ।