काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दैछ ।
दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।
कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया