काठमाडौँ । विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यु-१९ महिला टोलीका सदस्यहरूलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।
ऐतिहासिक उपलब्धीको सम्मान स्वरूप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरूले संयुक्त रूपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरूप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो ।
त्यसैगरी मधेश प्रदेश सरकारले पनि विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।
नेपालले बुधबार भएको खेलमा युएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आइसिसी यु-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।
प्रतिक्रिया