प्रहरी समायोजन ऐन चाँडै ल्याउने गृहमन्त्री लेखकको दाबी

प्रहरी समायोजन ऐन चाँडै ल्याउने गृहमन्त्री लेखकको दाबी


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन् । समायोजन ऐन प्रतिनिधि सभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको मन्त्री लेखकले बताएका हुन् ।

मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको प्रदेशस्तरीय गोष्ठीमा गृहमन्त्री लेखकले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओसारपसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरेका छन् ।