काठमाडौँ। प्रहरी चौकी चिचिला संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा असई अधिकारीले कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका-४ का ४५ वर्षीय एक पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरी सहित पक्राउ गर्न सफल भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
साथै कार्तिक १८ गते चिचिला गाउँपालिका-३ बस्ने दुई व्यक्तिवीच आपसमा वादविवाद हुँदा ढुंगा प्रहार गरी एक व्यक्तिलाई भिरबाट फालेको सूचनाको आधारमा घटना स्थलमा खटिएर मृत शव भीरमा अड्किएको अवस्थामा फेला परेको र घटनामा संलग्न थप ४ जना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
यस्तै आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेको भन्दै सम्पादित कार्यको उच्च मूल्यांकन गरेर असई अधिकारी कात्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषण गरिएका हुन् ।
प्रतिक्रिया