काठमाडौँ । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्की आएको भन्दै चार जनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका छन् ।
उनीहरूले आफूहरूलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की व्यवहोरासहित सीआईबीमा जाहेरी दिएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार, यो मामलामा प्रहरीले एक साता अघिबाटै अनुसन्धान गरिरहेको छ ।
चार जनाको मात्र जाहेरी परे पनि अन्य व्यवसायी, कर्मचारीसहित विभिन्न व्यक्ति समेत धम्की आएको सूचना रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया