पञ्चेश्वरले दियो दुई दिन सार्वजनिक बिदा

पञ्चेश्वरले दियो दुई दिन सार्वजनिक बिदा


काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले स्थानीय मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ ।वडा नम्बर ४ स्थित धुरा कैलपाल मन्दिरमा लाग्ने जात्राका लागि बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । सुदूर पहाडमा कार्तिक शुक्ल पक्षबाट सुरु भएको जात्रा अन्तर्गत बैतडीमा धुरा कैलापाल मन्दिरको जात्रा अन्तिम जात्रा हो ।

स्थानीयहरूले धुरा जात (मेला) भनेर सम्बोधन गर्ने उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरुको समेत सहभागिता रहने गर्दछ ।