दुर्गा प्रसाईँले सर्वोच्चमा गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

दुर्गा प्रसाईँले सर्वोच्चमा गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता


काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्। गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्ना कानुनी व्यवसायीमार्फत सर्वोच्चमा आज रिट दर्ता गराएका हुन्।

उनको रिटको पेशी आइतबारलाई तोकिएको बताइएको छ।

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।