दुर्गा प्रसाईँको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, आजै सुनुवाइ हुँदै

दुर्गा प्रसाईँको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, आजै सुनुवाइ हुँदै


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

प्रसाईँका छोरा निराजन प्रसाईँले आफ्ना बाबुलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा प्रसाईँले दायर गरेको निवेदनको पेसी परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईँले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिएको थियो ।