प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा


काठमाडौँ। प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य समस्याका कारण राजीनामा दिएको जनाउँदै उनले राष्ट्रपतिको कार्यालयमा पुगेर औपचारिक रूपमा राजीनामा दिएका हुन्।

उनको राजीनामा भोलिदेखि लागू हुनेछ। अधिकारीले आफ्नो कार्यकालमा संसद् सचिवालयका विविध पक्षहरूलाई व्यवस्थापन गर्न उल्लेखनीय योगदान पुर्‍याएका थिए।

सचिव अधिकारीको राजीनामापछि संसद् सचिवालयमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। उनको राजीनामापछि प्रतिनिधि सभा सचिवालयमा रिक्त भएको यो महत्त्वपूर्ण पदमा कसलाई नियुक्त गरिने भन्नेबारे चासो बढेको छ।

उनले असार १९ मा नियुक्ति लिएका थिए ।