काठमाडौं महानगरले दोस्रोपटक पठाएको जरिवानापत्र एमालेले बुझ्न मानेन

काठमाडौं महानगरले दोस्रोपटक पठाएको जरिवानापत्र एमालेले बुझ्न मानेन


जागरणसभा आयोजनाको क्रममा दरबारमार्ग क्षेत्र फोहोर गरेको, तर सफाइ नगरेको भन्दै काठमाडौं महानगरपालिकाले एमाले केन्द्रीय कार्यालयमा दोस्रोपटक जरिवानापत्र पठाएको छ । तर, एमाले कार्यालयले भने पत्र गलत ठाउँमा आएको भन्दै फिर्ता पठाएको छ ।

उक्त जागरणसभा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले आयोजना गरेको भन्दै कार्यालयले उतै पत्र बुझाउन भन्दै फिर्ता गरिदिएकाे छ । महानगरले ७ मंसिरमा पहिलोपटक एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको भन्दै पत्र काटेको थियो ।

महानगरले महानगरीय प्रहरी बललाई उक्त पत्र लिएर च्यासलस्थित एमाले कार्यालयमा पठाएको थियो ।