नेताहरूको कार्य विभाजन टुंगिएको छैन : घनश्याम भुसाल

नेताहरूको कार्य विभाजन टुंगिएको छैन : घनश्याम भुसाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन टुंगो नलागिसकेको जनाएको छ ।

विभिन्न सञ्चारमाध्यममा कार्य विभाजन टुंगो लागेको समाचार आएपनि उक्त पार्टीले यो विषय छलफलकै चरणमा रहेको जनाएको छ ।

महासचिव घनश्याम भुसालले हालसम्म कार्य विभाजन टुंगो नलागेको र छलफलकै क्रममा रहेको बताए ।

असार १६ देखि २२ गतेसम्म आयोजित पार्टीको दसौँ महाधिवेशनले तीन पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको थियो । उक्त कमिटीको बैठकले साउन १८ मा केन्द्रीय सदस्यमा ३४४ जना थपेर २९९ बनाएको थियो । ती केन्द्रीय सदस्यबीचको निर्वाचनबाट ११ मा भएको निर्वाचनबाट १८ पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए ।

केन्द्रीय कमिटी बैठकले प्रदेश, जिल्ला, जनसंगठन, विभाग र प्रवास कमिटीका इन्चार्ज, सहइञ्चार्ज तोक्नका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल छन् ।

तर, नेताहरूका बीचमा विवाद हुँदा अहिलेसम्म कार्य विभाजन टुंगो लाग्न सकेको छैन ।