काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोले जनाएको छ ।
प्रसाईँलाई सीआईबीले गत मंसिर ४ गते पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धानका लागि प्रसाईँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया