कीर्तिपुर र काठमाडौँ १६ मा निर्वाचन आचारसंहिता उल्लंघन, आयोगका दुई टोली परिचालन

कीर्तिपुर र काठमाडौँ १६ मा निर्वाचन आचारसंहिता उल्लंघन, आयोगका दुई टोली परिचालन


Photo:Rajan Kafle

काठमाडौँ । कीर्तिपुर नगरपालिका र काठमाडौँको १६ नम्बर वडामा निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै निर्वाचन आयोगले अनुगमन सुरु गरेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुगमनका लागि पठाएको हो ।

कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा टोली खटाइएको छ । टोलीमा आयोगका उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधीवक्ता केदार अधिकारी र सशस्त्र प्रहरी बलका डीएसपी अशोक न्यौपाने रहेका छन् । टोलीले पहिलो चरणको कारबाही अघि बढाइसकेको छ ।

काठमाडौँ वडा नम्बर १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ । टोलीमा सशस्त्रका एसएसपी दिग्विजय सुवेदी, आयोगको सहसचिव सीता पुन, प्रहरीका एसपी सञ्जय सिंह थापा रहेका छन् ।

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न दल र उम्मेदवारले ती स्थानमा आचारसंहिता विपरितका क्रियाकलाप गरेको आयोगले जनाएको छ ।