पारस खड्का जस्मिन पेन्ट्सका सद्भावना दूत नियुक्त

पारस खड्का जस्मिन पेन्ट्सका सद्भावना दूत नियुक्त


काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आफ्नो सद्भावना दूतका नियुक्त गरेको छ।

विगत ३९ वर्षदेखि नेपाली ग्राहकको सेवामा समर्पित जस्मिन पेन्ट्सले स्वदेशी उत्पादनलाई थप सशक्त र बजार प्रवर्द्धन गर्ने उद्देश्यका साथ खड्कालाई सद्भावना दूत नियुक्त गरेको जनाइएको छ ।

कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत सद्भावना दूत नियुक्त गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास, युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ उनीसँग सहकार्य गरिएको जस्मिन पेन्ट्सका निर्देशक सौगात अर्यालले जानकारी दिए।

जस्मिन पेन्ट्सले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीबीचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू तथा खेलप्रेमी नेपालीहरूको चाहना र भावनाको कदर गरेको महसुस भएको छ । यस सहकार्यले हाम्रा उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तरराष्ट्रियस्तरमा नै परिचित हुनेमा विश्वास लिएका छौँ। उहाँसँगको यस सहकार्यले हाम्रा उत्पादनप्रति ग्राहक वर्गमा विश्वास बढ्नेमा आशावादी छौँ।’