मधेश सरकारद्वारा ६४ बुँदे खारेज गर्दै ४ बुँदे खर्च मार्गदर्शन जारी

मधेश सरकारद्वारा ६४ बुँदे खारेज गर्दै ४ बुँदे खर्च मार्गदर्शन जारी


काठमाडौँ । मधेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्च मार्गदर्शन अर्थ मन्त्रालयले खारेज गरेको छ । अर्थ मन्त्रालयले ४ साउनमा जारी गरेको ६४ बुँदे खर्च मार्गदर्शन शुक्रबार खारेज गरेको हो ।
तत्कालीन अर्थसचिव सुवासचन्द्र सिवाकोटीले जारी गरेको चालु आर्थिक वर्षकको बजेट खर्च मार्गदर्शन मन्त्रालयले खारेज गरेर नयाँ ४ बुँदे मार्गदर्शन जारी गरेको हो । यसअघि जारी गरिएको मार्गदर्शन खारेज भएकाले नयाँ  मार्गदर्शनलाई टेकेर काम गर्न अर्थ मन्त्रालयले मन्त्रालय तथा सम्बन्धित निकायमा शुक्रबार नै पत्राचार पनि गरिसकेको छ ।‘ मधेश प्रदेश सरकार अर्थ मन्त्रालयको पत्र संख्या २०८१/८२, चलानी नं. १, मिति २०८१/०४/०२ को आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन खारेज गरिएको छ । सो मार्गदर्शन बमोजिम भए गरेका काम कारबाही यसै मार्गदर्शन बमोजिम भए गरेको मानिनेछ’, नयाँ खर्च मार्गदर्शनको चौथो बुँदामा उल्लेख छ ।

जारी गरिएको मार्गदर्शनको सुरुमा लेखिएको छ ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि मधेश प्रदेश विनियोजन ऐन, २०८१ बमोजिम विनियोजन भएको बजेट खर्च गर्न तथा स्वीकृत आयोजना तथा कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक वर्ष २०८१/८२ बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्न आञ्छनीय भएकोले मधेश प्रदेश विनियोजन ऐन, २०८१ को दफा ९ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी मधेश प्रदेश सरकार अर्थ मन्त्रालयको मिति २०८१/०८/१४ को निर्णयले देहाय बमोजिम मार्गदर्शन जारी गरिएको छ ।’