काठमाडौँ । आर्थिक एवम् विदेश मामिला विज्ञहरूले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् ।काठमाडौँमा बुधबार भएको अन्तरक्रियामा बोल्दै काँग्रेस नेता डा. गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पुर्याउन आग्रह गरेका हुन ।
कुनै पनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा बुझ्न नहुने भन्दै उनीहरूले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे ।
सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो । बीआरआई ऋण कि अनुदान भन्ने बहस भइरहेका बेला सम्झौताको पूर्ण पाठपछि थप व्याख्या हुन थालेका छन ।
प्रतिक्रिया