विराटनगरमा बस्नेतको गाडीमा जेनजी युवाद्धारा रातो मसी प्रहार

विराटनगरमा बस्नेतको गाडीमा जेनजी युवाद्धारा रातो मसी प्रहार


बिराटनगर । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत सुनसरीतर्फ जाँदै गर्दा एयरपोर्ट लाइन नजिकै ‘जेनजी’ समूहका भनिएका युवाहरूले उनको गाडीमा रातो मसी छ्यापेका छन्। प्रहरी भ्यान स्कर्टिङमा रहे पनि युवाहरू सडक किनारबाट दौडँदै आएर मसी फ्याँकेका थिए।

घटना लगत्तै गाडी रोकेर प्रहरीलेविराटनगरका १९ वर्षीय अरजित कुँवरर संजोग गौतम दुई जनालाई नियन्त्रणमा लिएको छ । दुवैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। उनीहरूले “जेनजी” समूहको नाम लिएर यो काम गरेको प्रारम्भिक बयान दिएका छन्।