रूसी राष्ट्रपति पुटिन आज भारत जाँदै

रूसी राष्ट्रपति पुटिन आज भारत जाँदै


काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा जाँदैछन्। उनी दुई दिवसीय भ्रमणका लागि भारत जान लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन आज (बिहीबार) भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।

पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।