व्यवसायी शेखर गोल्छा पक्राउ

व्यवसायी शेखर गोल्छा पक्राउ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले जानकारी दिए ।

धितोपत्र बोर्डले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेको थियो । लगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए ।

सोही विषयमा अनुसन्धान गर्न गोल्छालाई पक्राउ गरिएको हो ।