घरबारविहीन ६ परिवारलाई लगियो दशरथ रङ्गशाला

घरबारविहीन ६ परिवारलाई लगियो दशरथ रङ्गशाला


काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको छ ।

त्यसक्रममा घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले दिएको जानकारीअनुसार बस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।