काठमाडौं । एकदिवसीय अभ्यास श्रृंखलामा नेपाल ‘ए’ ले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ले ४९.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
नेपाल ‘ए’को जितमा मयन यादवले ७२ रनको अर्धशतकीय पारी खेले । मयनले ८० बलमा चार चौका र दुई छक्का प्रहार गरे । सन्दीप जोराले ३६ रन जोडे ।
अमेरिकाका निम्ति मिलिन्द कुमारले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ८ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका निम्ति ओपनर स्मित पटेलले ११६ रन जोडे । जसदीप सिंहले ३३ रन बनाए ।
नेपालका पवन सराफले दुई विकेट लिए ।

प्रतिक्रिया