स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य


काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ को घरेलु मैदानको अन्तिम त्रिकोणीय सिरिजमा आज नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ ।

सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई ‍‍‍‍२४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २४३ रन बनाएको हो ।

स्कटल्यान्डका लागि जर्ज मन्सेले अर्धशतकीय पारी खेल्दै ६२ बलमा ७५ रन बनाए । फिन्ले म्याक्रिथले ३५ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । २०.३ ओभरमा सन्दीपले जर्ज र फिन्लेको पहिलो विकेटका लागि ११४ रनको साझेदारी तोडे । सोही ओभरको अन्तिम बलमा फिन्लेलाई पेभिलियन फर्काए । त्यसपछि ब्रान्डन म्याकमुलन र रिची बेरिङ्टनको पनि विकेट लिए । करण केसी नन्दन यादवले २-२ विकेट लिए ।