एन्फा माथिको निलम्बन फुकुवा

एन्फा माथिको निलम्बन फुकुवा


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको निलम्बन बिना सर्त फुकुवा भएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो ।” साथै, प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास समेत व्यक्त गरिएको छ ।

परिषद्‌ले गत चैत ११ गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरेको थियो ।