नेपालविरुद्ध अमेरिका १९५ रनमा अलआउट

नेपालविरुद्ध अमेरिका १९५ रनमा अलआउट


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालविरुद्ध अमेरिका १९५ रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिका ४३.३ ओभरमा १९५ रनमा अलआउट भएको हो ।

अमेरिकाका लागि स्मित पटेल र शेहान जयसुरियाले अर्धशतकीय पारी खेले । स्मितले ८३ र शेहानले ५० रन बनाए ।

अमेरिकालाई अलआउट गर्न नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । उनले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए ।

सोमपाल कामीले २ तथा गुल्शन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।