एसियन गेम्स छनोटका लागि दीपेन्द्रको कप्तानीमा टिम घोषणा

एसियन गेम्स छनोटका लागि दीपेन्द्रको कप्तानीमा टिम घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसियन गेम्सको छनोट खेल लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ। सार्वजनिक गरिएको टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको मिश्रण गरिएको छ।

घोषित टोलीमा कप्तानका रूपमा दीपेन्द्रसिंह ऐरी रहेका छन् भने प्रमुख ब्याटरमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र कुशल मल्ला समावेश छन्।

त्यस्तै टोलीमा लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम पनि परेका छन्।