दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने गृहमन्त्री गुरुङको निर्णय

दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने गृहमन्त्री गुरुङको निर्णय


काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकण्डको फाइल पुन: खोल्ने निर्णय गरेका छन् ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दा दरवार हत्याकाण्ड फेरि छानबिन गर्ने निर्णय गरेका हुन् ।

२०५८ जेठ १९ गते शुक्रबार तत्कालीन राजा वीरेन्द्रसहित उनको सामूहिक हत्या भएको थियो । त्यसबेला बनेको छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्रले ‘कालो पदार्थ’ सेवन गरी नसाको तालमा गोली काण्ड मच्चाएको प्रतिवेदन दिएको थियो ।

गृहमन्त्री गुरुङले गृहमन्त्रालयका सूचना चुहावट रोक्न टिम बनाउने, राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउने, आर्थिक अपराधका फाइल छिटो खोल्न नयाँ टिम बनाउने, जेन जी आन्दोलनका नाममा फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएकाहरूको मुद्दा फिर्ता लिने वा नलिने बारे अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरिएको जानकारी दिए ।

उनले पदभार ग्रहणपछि अन्तिममा भने, ‘अब सबै फाइल खोलिन्छ ।’