काठमाडौं । काभ्रेको नमोबुद्धमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सो दुर्घटना भएको हो । प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । साथै दुर्घटनामा १५ जना घाइते भएका छन् ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका– २ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
प्रहरी अहिले घटनास्थल पुगेको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया