काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पाँच विषयगत उपसमिति गठन गरेको छ ।
शुक्रबार बसेको प्रतिष्ठानको बैठकले प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माकोको प्रस्तावमा ५ विषयगत उपसमिति गठन गरेको हो ।
गठित उपसमितिहरूमा डायस्पोरा डाइलग उपसमितिको संयोजकमा डा. यादव पण्डित चयन भएका छन् । उक्त उपसमितिले नागरिकता, लगानी तथा मतदान अधिकारसँग सम्बन्धित विषयमा जनसम्पर्क समितिको पदीय संरचनाबाहिर रहेका नेपाली समुदायसँग नीति संवाद र समन्वय गर्ने जनाइएको छ ।
यस्तै, स्वास्थ्य बीमा तथा सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा, घरेलु तथा डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृति पौडेल, सार्वजनिक यातायात तथा सडक सुरक्षा सचेतना उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी तथा खेलकुद नीति संवाद उपसमितिको संयोजकमा विनोद दास चयन भएका छन् ।

प्रतिक्रिया