न्युजिल्यान्डका ब्याट्सम्यान विलियमसनले लिए सन्यास

न्युजिल्यान्डका ब्याट्सम्यान विलियमसनले लिए सन्यास


काठमाडौं । न्युजिल्यान्डका सबैभन्दा सफल ब्याट्सम्यान र सबै फर्म्याटमा सर्वाधिक रन बनाउने खेलाडी केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

न्युजिल्यान्ड क्रिकेटले एक्समार्फत यसबारे जानकारी दिएको हो ।

विलियमसनले १६ वर्षे लामो अन्तर्राष्ट्रिय करियर बिट मारेका छन् । यस अवधिमा उनले आफ्नो देशका लागि ३७८ खेल खेले, अनगिन्ती ब्याटिङ रेकर्ड बनाए र सम्पूर्ण क्रिकेट जगतबाट सम्मान र प्रशंसा कमाए ।

३५ वर्षीय विलियमसनले सबै ढाँचामा न्युजिल्यान्डको सर्वाधिक रन बनाउने खेलाडीको रूपमा आफ्नो करियरको अन्त्य गरे । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १९,३४६ रन बनाए, जसमा ४८ शतक र ६ दोहोरो शतक समावेश छ ।

सन् २०१० मा न्युजिल्यान्डमा डेब्यू गरेका विलियमसनले भने, “अब अन्तर्राष्ट्रिय क्रिकेटलाई पूर्ण रूपमा बिदाई गर्ने सही समय हो ।”