विश्वकप फुटबलको सहआयोजक अमेरिकाले समूह चरणको पहिलो खेल जित्दै सानदार सुरुवात गरेको छ।
शनिबार बिहान अमेरिकास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले जितेको हो। सुरुमा पाराग्वेका डामिन बोबाडिलाको आत्मघाती गोल गर्दा अग्रता लिएको अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल हाने भने दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जितमा पुर्याएका हुन्। दोस्रो हाफको ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले १ गोल फर्काए पनि टोली अघि बढ्न सकेन।
जितसँगै अमेरिकाले समूह ‘डी’मा ३ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ। उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन्। यसअघि शुक्रबार राति भएको खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी गरेका छन्।

प्रतिक्रिया