काठमाडौं । अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन प्रतिवेदनअनुसार इरानले युद्ध पछि स्ट्रेट अफ हर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गरेको स्रोतहरूलाइ उदृत गर्दै सीएनएनले जनाएको छ ।
आगामी शुक्रबार हस्ताक्षर हुने सम्झौताको बावजुद महत्वपूर्ण हर्मुज जलमार्ग प्रयोग गरेर अर्थतन्त्रलाई नोक्सान पुर्याउने इरानको प्रतिगमन कार्य पुनः सुरु हुनसक्ने मूल्याङ्कनले जनाएको छ ।
इरान पछिल्लो समयमा अमेरिकाको प्रतिद्धन्दी बनी खाडी देशहरूको ऊर्जा पूर्वाधारमा आक्रमणको फाइदा उठाउन सिकेको मूल्याङ्कन स्रोतलाई उदृत गर्दै सीएनएनले जनाएको छ । प्रति आक्रमणस्वरुप इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी आधारहरूमा आक्रमण गरेको थियो ।
हाल इरानलाई हर्मुज जलमार्ग माथि वास्तविक नियन्त्रण हस्तान्तरण गरेको जनाउदै यो अधिकार कुनै पनि आणविक हतियार भन्दा बढी शक्तिशाली हतियार भएको अमेरिकी गुप्तचर मूल्याङ्कनसँग परिचित स्रोतलाई उल्लेख गर्दै सीएनएनले बताएको छ ।
युद्ध अन्त्य गरी हार्मुज जलमार्गलाई पूर्ण रूपमा पुनः खोले पछि हुने इरानीहरूको निरन्तर लाभलाई जोड दिँदै यसको लागि इरानसँग गहन वार्ता गर्नु परेको अमेरिकाले जनाइएको छ ।
अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने इरान सम्झौता बारे बोल्दै सम्झौता अनुसार इरानसँग आणविक हतियार हुन नसक्ने तथा हर्मुजको जल मार्ग खुला हुनु पर्ने लगाएतका विषय खुलासा गरेका छन् । यी सर्तहरु पालना गरे भने धेरै फाइदाहरू रहेको उल्लेख गर्दै इरानीहरूले सर्तहरु पालना नगरे केही पनि नपाउने बताए ।
सम्झौताको सामग्री र अन्य जोखिमहरूको अनिश्चितता पनि स्ट्रेट अफ हर्मुजमा रहेको ढुवानी उद्योगका अधिकारीहरू र जहाजको आवागमन यिमन गर्ने विज्ञहरूलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानसँगको सम्झौताको ढाँचा “एक–दुई दिनमा“ सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रपति ट्रम्पले गत आइतबार इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ तर पूर्णपाठ सार्वजनिक रूपमा खुलासा गरिएको छैन ।

प्रतिक्रिया