बढेको मूल्यमा कतिमा सुनचाँदीको हुँदैछ कारोबार

बढेको मूल्यमा कतिमा सुनचाँदीको हुँदैछ कारोबार


काठमाडौं । नेपाली बजारमा आज ९सोमबार० सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार दुई लाख ८७ हजार ३०० कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।